आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपाका दुुवै अध्यक्ष अस्वस्थ, ओली अस्पताल र प्रचण्ड निवासमा

नेकपाका दुुवै अध्यक्ष अस्वस्थ, ओली अस्पताल र प्रचण्ड निवासमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७६, मंगलबार

काठमाडौं, २० फागुन – नेकपाका दुुवै अध्यक्ष अस्वस्थ भएका छन । एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हिजोदेखि नै अस्पतालमा छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि विरामी भएका छन् । मौसमी रुघाखोकी लागेपछि प्रचण्ड खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् ।
‘उहाँलाई सामान्य रुघाखोकी लागेको हो । तरपनि केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी नहुने हुनुभएको छ’, स्रोतले भन्यो । आजै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->