आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रम ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रम ओलीको मिर्गौला प्रत्यारोपण सफल


  • Dhorpatan News
  • फाल्गुन २१ २०७६, बुधबार

काठमाण्डौं, २१ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार केहीबेरअघि उनको शल्यक्रिया सकिएको हो । ‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->