आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ट्रेड युनियन काँग्रेसले मनायो ७४औं स्थापना दिवस

ट्रेड युनियन काँग्रेसले मनायो ७४औं स्थापना दिवस


  • Dhorpatan News
  • फाल्गुन २१ २०७६, बुधबार

बागलुङ, २१ फागुन– नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले आफ्नो ७४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बुधबार बागलुङ सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । तत्कालिन अवस्थामा वि.स. २००३ साल फागुन २१ गते नेपाल मजदुर संघको नामबाट युनियनको स्थापना भएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ट्रेड युनियन काँग्रेस केन्द्रिय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्माले श्रमिकको हकहित र अधिकार संरक्षणका निम्ती ट्रेड युनियन काँग्रेस सधै अग्रणी भुमिकामा रहेको बताईन । उनको विद्यमान श्रम ऐनमा व्यवस्था भए अनुसारको मापदण्डहरुलाई सरकारले प्रभावकारी बनाएर लानुपर्ने धारणा थियो । शर्माले सवै श्रमिकको सम्मान गरे र उनिहरुको अधिकारलाई सुनिश्चित गरेमा मात्र मुलुकमा समृद्धिको सम्भव रहेको बताईन ।
कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका निमित्त सुपरिटेन्डेण्ट शैलेन्द्र बि. पोखरेलले विभिन्न संघ संस्थाको सहयोगका कारण अस्पतालमा थप टेवा पुगेको बताए । अस्पतालमा रहेका १८ जना विरामीलाई फलफुल वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->