आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो, स्वास्थ्य अवस्था स्थिर : चिकित्सक

प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो, स्वास्थ्य अवस्था स्थिर : चिकित्सक

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको डा. खड्‍गाले बताए।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७६, बुधबार

काठमाडौँ, २१ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्‍गाले बुधबार प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका हुन् ।खड्‍गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। ‘उहाँको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ। र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ,’ उनले भने।प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको खड्‍गाले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->