पोखरा, २२ फागुन शिक्षा सुधारको लागि स्थानीय निकायका जनप्रतिनिधि र शिक्षासम्बद्ध पदाधिकारीलाई क्षमता विकास तालिम दिइएको छ । पोखरा महानगरको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्तर्गत तीनदिने तालीम आयोजना गरिएको हो । कार्यशालामा पोखरा महागरपालिकाका ३३ वडाका जनप्रतिनिीधिहरुको सहभागिता रहेको छ ।
कार्यशालाको उद्घाटन गदै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिक्षकहरुमा म सिनीयर हुँ भन्दै काम नगर्ने जमाना गएको बताउँदै उनले जस्ले राम्रो काम गर्छ विद्यालय संचालनको जिम्मेवारी उसैलाई दिने उद्घोष गरे । उनले महानगरले शिक्षामा एकअर्ब लगानी गरे पनि सोचे अनुसारको परिणाम नआएको बताए । शैक्षिक ढाँचालाइ परिवर्तन गर्न आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रमका सभापति जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले शिक्षा सुधारको लागि विदेशीको मुख ताक्न नहुने बताउँदै स्थानीय तहले शिक्षाक्षेत्रको विकासका लागि कार्ययोजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । सुझाव दिनुभयो । युएसएडका प्रमुख जोडी फेन्सिकाले बालबालिकाहरुको लागि मातृभाषा महत्वपूर्ण हुने भएकाले बालबालिकाको भाषा सुधारमा केन्द्रित रहेको बताइन् ।
शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले मातृभाषामा शिक्षा आवश्यक रहेको तर्क गरे । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सन् २०१४ देखि कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा पढ्ने सीप विकास गर्ने उदेश्यसहित सुरु गरेको कार्यक्रम कास्कीका ३७२ विद्यालयमा संचालन गरिएको छ । कास्कीसँगै कार्यक्रम देशका १६ जिल्लामा संचालित छ ।





