बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह

सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह

बागलुङमा कार्यक्रम नै स्थगित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७६, बिहिबार

पोखरा/बागलुङ, २२ फागुन – कोरोनाको संत्रासबीच कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला,भेला,भेटघाट र समारोहरु नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीकोतर्फबाट सहाययक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलबाट जारी भएको सार्वजनिक सूचनामा धेरै भीडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासनको यो सूचनासँगै पोखरामा विहीबारदेखि आयोजना हुने भनिएको १८ औँ संस्करणको आहा रारा गोल्डकप अनिश्चित बनेको छ । यद्यपी,आयोजक सहारा क्लबले प्रतियोगिता स्थगन गरिसकेको छैन । यतिबेला सहारा क्लबको बैठक चलिरहेको छ । प्रशासनको सूचनामा नेपालमा कोरोना संक्रमण नभए पनि पर्यटकीय सहर पोखरामा सतर्कता अपनाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ । कोरोना संत्रासकै कारण पोखराको पर्यटन डाँवाडोल भएको छ ।
बागलुङमा कार्यक्रम नै स्थगित
नोभल कोरोना भाईरस (कोबिड–१९) संक्रमणको खतरा बढ्दै गएको भन्दै नेपाल शिक्षक संघ बागलुङले आगामी फागुन २५ गतेका लागि तय गरेको जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम स्थगित भएको जनाएको छ । फागुन २४ मा महिला शिक्षिकाहरुलाई प्रशिक्षण र २५ गते जिल्ला प्रतिनिधिसभाको आयोजना गरिएको थियो । बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेलले फागुन २४ र २५ गते तय गरिएको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

त्यस्तै, अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला संघ बागलुङले आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता पनि स्थगन भएको छ । नेपाल सरकारले कुनै सभा सम्मेलन, भेला र कार्यक्रमहरु नगर्न आग्रह गरेकाले तत्कालका लागि मुल समारोह सहितका कार्यक्रम स्थगन भएको महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताईन् । शिक्षक संघले कोरोनाको विश्वव्यापी संक्रमणको क्रम कम भएपछि पूर्व निर्धारित कार्यक्रम नयाँ मितिमा सञ्चालन गर्ने संघका सचिव (अर्थ) राजेन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->