आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्री ओली खतरामुक्त, नरम आहार दिन थालियो

प्रधानमन्त्री ओली खतरामुक्त, नरम आहार दिन थालियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७६, बिहिबार

काठमाडौं, २२ फागुन -मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई एक हप्ताभित्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको जानकारी दिइन् । ‘त्यसपछि उहाँले बालुवाटारमै बसेर सामान्य भेटघाट गर्न सक्नुहुन्छ’ डा. साहले भनिन् । बाहिरको कार्यक्रममा भने एक महिनासम्म नजानु उपयुक्त हुने उनले बताइन् । ‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ।’ प्रधानमन्त्रीलाई मृर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि स्थिर छ । उनलाई पनि तरल पदार्थ खान दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->