बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

८० को मास्कलाई ४ सय ५० रुपैयाँमा बेचेपछि मेडिकलमा ताला

८० को मास्कलाई ४ सय ५० रुपैयाँमा बेचेपछि मेडिकलमा ताला

निर्देश फर्माका सञ्चालकले खरिद मुल्य बढी परेको देखाएपछि फर्माले बेच्दै आएको मास्क मात्रै जफत गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७६, बिहिबार

कास्की, २२ फागुन – पोखरामा मास्कको कालोबजारी गर्ने ३ मेडिकल कारबाहीमा परेका छन् । बिहीबार, उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजनमा भएको बजार अनुगमनमा ३ वटा मेडिकलले मास्कको चर्को मूल्य लगाएको देखिएपछि सिलबन्दी गरिएको हो ।
कारबाहीमा पर्ने मेडिकलमा परी फार्मेसी, स्याङ्जा औषधि पसल र निर्देश फर्मा रहेको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । विश्वभर महामारीको रुपमा फैलिइरहेको छ नोवेल कोरोना भाइरसको उच्च जोखिममा नेपाललाई पनि राखिएपछि सर्वसाधरणमा त्रास पैदा भएको छ । यसको जोखिमबाट बच्न सरोकारवाला निकायले पूर्वसुरक्षा सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गरेपछि बजारमा मास्कको माग बढेको हो ।
यस्तोमा, हस्पिटल चोकमा रहेको परी फार्मेसीले १० रुपैयाँ मूल्यको मास्कलाई ३० रुपैयाँमा बेचेको पाइएपछि फार्मेसीमा ताला लगाइएको अध्यक्ष कोइरालाले जानकारी दिए । यस्तै, महेन्द्रपुलको स्याङ्जा मेडिकल हलले उच्च कोटीको ८० रुपैयाँ मूल्य पर्ने मास्कलाई ४ सय ५० रुपैयाँमा बेचेको पाइएपछि मेडिकलमा ताला लगाइएको हो ।पस्र्याङको निर्देश फर्माले २० रुपैयाँमा मास्क बेच्ने गरेको पाइएकोमा फर्माले बेच्दै आएमो मास्कलाई जफत गरिएको उनले जानकारी दिए ।निर्देश फर्माका सञ्चालकले खरिद मुल्य बढी परेको देखाएपछि फर्माले बेच्दै आएको मास्क मात्रै जफत गरिएको छ । निर्देश फर्माले थोरै परिमाणमा बेचेको हुनाले मास्क मात्रै जफत गरिएको उनले जानकारी दिए । सिलबन्दीमा परेका मेडिकललाई कालोबजार तथा केही सामाजिक.अपराध ऐन २०३२ अनुसार कारबाही गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->