आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अस्पतालको फोहोर व्यवस्थापन गर्न प्रारम्भिक पहल

अस्पतालको फोहोर व्यवस्थापन गर्न प्रारम्भिक पहल


  • Dhorpatan News
  • फाल्गुन २३ २०७६, शुक्रबार

बागलुङ, २३ फागुन – धौलागिरी अञ्चल अस्पतालले फोहोरको व्यवस्थापनको दिर्घकालिन योजना तय गर्ने भएको छ । अस्पताल व्यवस्थापन समितिले बागलुङ नगरपालिकामा आएका सरसफाई बिज्ञहरु सँग छलफल समेत चलाएको सदस्य शालिकराम शर्माले जानकारी दिए । बिदेशबाट स्वयंसेवकको रुपमा आएका वातावरण अधिकृत पाउल बोउरर्ने, नगर योजनाकार मोली गिफोड र वातावरणीय इन्जिनियर निकोलास बर्नाडिनीसँग छलफल गरेको हो ।
छलफलको क्रममा उनीहरुले दिगो व्यवस्थापनका लागि तीनवटा काम गर्न सुझाएका थिए । कुहिने फोहोर नगरपालिकाको सहकार्यमा व्यवस्थापन गर्ने, प्लाष्टिक जन्य बस्तुहरु संकलन गरेर पुर्न प्रयोग गर्न सकिने योजना संचालन गर्ने र औषधिजन्य फोहोरलाई चिम्नी मार्फत सुरक्षित रुपमा नष्ट पार्ने योजना बनाउन सुझाव दिएको शर्माले बताए ।

कतिपय फोहोर जलाउन पनि नमिल्ने भएकोले त्यसको बैज्ञानिक व्यवस्थापनका लागि पनि प्लान्ट बनाउने तयारी गरिनेछ । यो योजनामा अन्य निजी अस्पताललाई पनि सहकार्य गराएर लैजाने त्यसबापत उनीहरुबाट फोहोर व्यवस्थापनको न्युनतम शुल्क लिने योजना पनि उनले सुनाए । अस्पतालालाई फोहोरमुक्त बनाउन केही लगानी गरेर भएपनि दिर्घकालिन बनाउने उनीहरुको योजना छ । त्यसकालागि गण्डकी प्रदेश सरकारले चालु बर्ष ४० लाख रुपैयाँ बिनियोजन पनि गरेको छ । उक्त बजेटले दिगो व्यवस्थापनको काम थालनी भएमा थप बजेट समेत ल्याएर आगामी बर्ष योजनालाई पूर्णता दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->