आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्री ओलीलाई १० दिन आइसीयूमै राखिने

प्रधानमन्त्री ओलीलाई १० दिन आइसीयूमै राखिने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७६, शनिबार

काठमाडौं, २४ फागुन –  दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमै रहने भएका छन् ।ओलीलाई तत्कालका लागि संक्रमणको जोखिम रहने भएकाले चिकित्सकको निगरानीमा कम्तिमा १० दिन अस्पतालकै आईसीयूमै राखिने भएको हो ।धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् ।प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । हाल प्रधानमन्त्री अन्य बिरामीभन्दा पृथक् अत्याधुनिक आईसीयूमा भएकाले अस्पताल बसाइ अलि लम्ब्याउँदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->