आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गृह मन्त्रालयले भन्योः होली नेखेल्नू, कोरोना सर्न सक्छ !

गृह मन्त्रालयले भन्योः होली नेखेल्नू, कोरोना सर्न सक्छ !


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७६, आइतबार

पोखरा, २५ फागुन – कोरोना भाइरसको संक्रमण फैलिने खतरा रहेकाले यस वर्ष फागु (होली) पर्व नमनाउन गृह मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ। होली मनाउन भिडभाड गर्ने, लोलापानी फ्याँक्ने, रङ/अबिर दल्ने गर्दा कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन जोखिम बढ्ने भएकाले यसपटक होली नमनाउन गृहले विशेष आग्रह गरेको हो।
‘भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड १९ को सम्भावित जोखिमका सन्दर्भमा हाललाई स्थगित गर्न र सन्निकट होलदीमा विगतमा जस्तै भिडभाड, भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रङ, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्न/नगराउन हुन आम दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध छ,’ शनिबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भनेको छ।
यस वर्ष फागु पूर्णिमा भोलि सोमबार परेको छ। पहाडी भेगमा सो दिन फागु पर्व मनाउने चलन छ भने तराई भेगमा त्यसको भोलिपल्ट होली मनाउने चलन छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा कोरोनाको त्रास फैलिएको मौकामा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबाजरी गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि आग्रह गरिएको छ। साथै कोरोनाको भ्रममा परेर दैनिक उपभोग्य वस्तु एवं खाद्यपदार्थ भण्डारणमा नहतारिन पनि गृहले अनुरोध गरेको छ।Press Release

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->