आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गर्मीमा कोरोना भाइरसको विस्तार कम हुने : अध्ययन

गर्मीमा कोरोना भाइरसको विस्तार कम हुने : अध्ययन


  • Dhorpatan News
  • फाल्गुन २५ २०७६, आइतबार

काठमाडौँ, २५ फागुन – कोरोनाभाइरस चिसो तापक्रममा तीव्र विस्तार हुने एउटा चिनियाँ अध्ययनले देखाएको छ ।  ग्वाङ्झाउस्थित सन यात सेन विश्वविद्यालयको एक अनुसन्धान समूहले उक्त अध्ययन गरेको थियो ।अध्ययनकर्ताले जनवरी २० र फेब्रुअरी ४ बीचमा विश्वभर भेटिएका सबै कोरोनाभाइरसको स्याम्पललाई अध्ययनमा प्रगोग गरेको थियो ।  अध्ययनपछि उक्त अनुसन्धान समूहले भाइरस तापमानको घटबडमा अत्यन्त संवेदनशील रहेको पत्ता लगायो ।

त्यसपछि तिनलाई प्रभावित स्थानको तापमानका आधारमा तिनको प्रसार हेर्दा अध्ययनमा भाइरसको मूल्याकंनबाट कोरोनाभाइरस सबैभन्दा बढी ८.७२ डिग्री सेल्सियसमा विस्तार भएको देखियो ।

त्यसभन्दा बढी तापक्रममा भाइरसको विस्तार कम भएको अध्ययनले बताएको छ ।

तर विश्व स्वास्थ्य संगठनले भने तापमान वृद्धि हुँदा भाइरस स्वतः कमजोर हुन्छ कुराको पूर्ण रुपमा प्रमाण नभेटिएको र भाइरस नियन्त्रणमा नआएसम्म सुझाईएका कदम कार्यन्वयन गर्न विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक र्‍यानले आह्वान गरेका छन् । –एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->