आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०७६, बुधबार

काठमाडौं, २८ फागुन – पुर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा प्रेसरकुकर बम विष्फोट भएको छ।लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा बुधवार बिहान ७ बजेर ४५ मिनेटमा उक्त विष्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाँस्कोटाको निर्माणाधीन घरको कम्पाउण्डभित्र पर्खालसँगै बम राखिएको थियो।विस्फोटले सो पर्खालको एउटा भाग भत्किएको छ। प्रेसर कुकर बमको चोइटाले घरको बाहिर भित्तामा सामान्य क्षति पुगेको छ। बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्।
मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्। यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ।प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->