आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपा बडिगाडको बैठक

नेकपा बडिगाडको बैठक

३ महिने अभियान संचालन गर्ने


  • Dhorpatan News
  • फाल्गुन २८ २०७६, बुधबार

बागलुङ, २८ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँ कमिटिको पूर्ण बैठक ग्वालीचौरमा सम्पन्न भएको छ । बैठकले चैत्र १ गतेदेखि तीन महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले चैत्र ५ गतेभित्र वडा कमिटिको बैठक सम्पन्न गर्ने, १० गतेभित्र टोल कमिटि गठन गर्ने, २० गतेभित्र टोलकमिटि बैठक आयोजना गर्ने, १५ गते पार्टीको आयोजनामा बडिगाडमा निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वको विचमा अन्तरसम्बाद कार्यक्रम सञ्चालन गर्ने, एकिकृत पार्टी सदस्यता तत्कालै नविकरण गर्ने लगाएतका निर्णय गरेको वडिगाड इन्चार्ज विष्णु भूसालले जानकारी दिए ।
अभियान सञ्चालनको लागि प्रत्येक वडामा वडा इन्चार्ज खटाउने निर्णय समेत बैठकले गरेको छ । अभियान संचालनको लागि वडा नं. १ मा बिना थापा, २ मा ढालेन्द्र शेरचन, ३ मा झविन्द्र बुढा, ४ मा मिलन रेश्मी, ५ मा तिर्थमणि भुसाल, ६ मा नर बहादुर खत्री, ७ मा राजन पाइजा, ८ मा यम बहादुर श्रीस, ९ मा विर बहादुर परियार र १० मा बसन्त थापालाई इन्चार्ज तोकेको छ ।
बैठकमा नेकपाका प्रदेश कमिटी सदस्यद्वय सुनिल शेरचना र प्रकाश घर्तिले सम्बोधन गर्दै उत्साहपूर्वक पार्टी तथा विकास निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए । पूर्ण बैठकमा गाउँपालिकाअन्र्तगतका वडा कमिटिका अध्यक्षले पार्टीको अवस्थाबारे रिपोटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->