आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘नेपालमा ४५० जनाको कोरोना परीक्षण, संक्रमित छैनन्’

‘नेपालमा ४५० जनाको कोरोना परीक्षण, संक्रमित छैनन्’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७६, बिहिबार

काठमाडौं,२९ फागुन – नेपालमा कुनै पनि कोरोनाका बिरामी अर्थात कुनै पनि कोरोना संक्रमित नलुकाइएको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कुनै पनि बिरामी नलुकाइएको बताएका हुन् ।
उनले भने, “नेपालमा एकजनाबाहेक अरुलाई देखिएको छैन । संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको छ । त्यो क्षत्रबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ । अहिले हामीले कोरानाका विरामी लुकाएका छैनौं । यो भाईरस हो, लुकाउन मिल्दैन । हाल ४५० जनामा परीक्षण गरिएको छ । जसमा एकजनामा मात्र कोरोना देखिएको थियो । अहिले छजना आइसोलेसनमा भर्ना छन् । टेकुमा चारजना र दुईजना पाटन अस्पतालमा रहेका छन् ।
कोरोना हाल नेपालमा माहामारीको रुपमा नदेखिएको प्रवक्ता देवकोटाले बताए । उनले काठमाडौमा १५५ वटा आइसोलेसन तयारी अवस्था रहेको र पाटन विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल पहिले नै तयारी अवस्थामा भएको जानकारी दिए ।
उनले थपे, “अहिले ४३ नाकामा स्थानीय तहका स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->