आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जनसमबन्ध बढाउन नेकपा बागलुङले सुरु गर्यो अभियान

जनसमबन्ध बढाउन नेकपा बागलुङले सुरु गर्यो अभियान

कोरोना भाईरसविरुद्धको सचेतना अभियानलाई पनि संगसंगै अगाडि बढाइने


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७६, शनिबार

बागलुङ, १ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जनतासंग समबन्ध बढाउन तीन महिने अभियान शनिवारदेखि सुरु गरेको छ । दुई ठूला पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी एकता भई नेकपा बनेपछि पार्टीको सांगठानिक काम र जनतासंगको समबन्ध टाढिन थालेपछि नेकपा जिल्ला कमिटी बागलुङले ‘पार्टी एकता सुदृढीकरण तथा जनसमबन्ध विस्तार अभियान’ सुरु गरेको हो ।
बागलुङ बजारको ट्राफिकचोकबाट शनिवारदेखि यो अभियानको सुरुवात गरिएको नेकपा बागलुङले जनाएको छ । अभियानको शुभारम्भ गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलावति शर्माले यो अभियान जनतासंगको समबन्धलाई अझै वढि सुदृढ गराउने र विश्वभर नै महामरीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको सचेतना अभियान पनि भएकाले यसमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ता र जनतालाई अपिल गरिन ।पार्टी जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले ‘समृढ नेपाल सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ को नारालाई सार्थक पार्न अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए । जिल्ला सचिव सचिव ज्ञामनाथ गैरे अनिलले अभियानका कार्यक्रमको वारेमा जानकारी दिदै पार्टी पार्टी एकता सुदृढीकरण तथा जनसमबन्ध विस्तार अभियान र कोरोना भाइरस विरुद्धको सचेतना अभियान एकैसाथ अगाडि बढ्ने वताए ।कार्यक्रमको पहिलो दिन बागलुङ बजारमा तीन समुह बनाई सचेतना कार्यक्रम गरिएको छ । पहिलो समुहले ट्राफिकचोकदेखि गुठी, प्रशासन कार्यालय, नारायणचोक हुदै लालीगुराँचोक, दोस्रो समुहले पूरानो जिविस कार्यालय, हल्लनचोक, लोकतान्त्रिकचोक हुदै लालीगुराँशचोक र तेस्रो समुहले टेलिकमचोक, अस्पतालचोक, महेन्द्रपथ धौलागिरीचोक हुदै लालीगुराँशचोकमा घरदैलो गर्दै पर्चा वितरण गरी अभियानको वारेमा सर्वसाधारणलाई जानकारी गराएको थियो । तिनै समुह लालीगुराँशचोकमा पुगेपछि जिल्ला अध्यक्ष सापकोटाले धन्यवाद सहित शनिवारको कार्यक्रम समपन्न भएको जानकारी गराए ।
अभियान अन्तरगत जिल्लाका सवै पालिका, वडा र टोलमा पुगेर यो कार्यक्रम सञ्चालन गरिने जिल्ला सचिव गैरेले वताए । अभियान सञ्चालन गर्न पालिकास्तरमा जिल्लास्तरिय नेताको संयोजकत्वमा र वडा र टोल स्तरमा त्यहीका पार्टी नेताको संयोजकत्वमा कार्यदल निर्माण गरिएको छ । सो कार्यदलले चैत ५ गतेभित्रमा पालिका र वडास्तरीय बैठक गरी कार्ययोजना निर्माण गर्ने, चैत २० गतेभित्रमा टोल कमिटी गठन र वैठक गर्ने तथा चैत महिनाभित्रमा एकिकृत पार्टीको सदस्य नविकरण गर्ने कार्यक्रम गर्ने छ । बैशाखमा एक महिने कार्यक्रमको समिक्षा सहित आगामी कार्ययोजना बनाउने सचिव गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->