पोखरा,३ चैत -गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ ।
आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरुसँग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दे समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा अर्थ तथा विकास समितिमा पेश गर्न पनि अनुगमन समितिलाई निर्देशन दिएको हो ।
समितिका सभापति दीपक कोइरालाले बजारमा ग्याँसको अभाव सृजना भएको, खाद्यानमा मृल्यबृद्धि भएको , सामानको कृतिम अभाव सृजना भएको जस्ता गुनासो समितिमा आएको भन्दै अनुगमन समितिलाई कडाईका साथ अनुगमन गर्न निर्देशन दिएका हुन् ।
अनुगमन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज आचार्यले अनुगमनका क्रममा उपभोक्ताले स्टक राख्ने, व्यापारीले मौका छोप्ने जस्ता क्रियाकलाप गरेको पाइएकोले बजारमासमस्या देखिएको स्वीकारे ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित सरक्षंण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ६ महिनालाई पुग्ने खाद्यान , एलपी ग्याँस र ३ दिनलाई पुग्ने इन्धन रहेको बताए । उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले खाद्यान्न सामग्री यथेष्ट छ भने पनि बजारमा भने समस्या देखिएको बताउनु भयो । बजारमा अनुगमनको तौरतरिका पुरानै भएकोले बजारमा कालोबजारीमा कमि नआएको उहाँको भनाई थियो । अुनगमन निरिक्षक नहुँदा ठाउँको ठाउँ कारवाही गर्न नसकिएको बताए । अर्थ तथा विकास समितिका सदस्य इन्द्रलाल सापकोटाले बजारमा देखिएका ब्यथिति अन्त्यगर्न सबै लाग्नुपर्नेमा जोड दिए ।





