मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरा महानगरका उपप्रमुख गुरुङद्धारा ६५ हजार भाडा छुट

पोखरा महानगरका उपप्रमुख गुरुङद्धारा ६५ हजार भाडा छुट


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७६, शनिबार

पोखरा, ८ चैत–पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गरेकी छिन् । पोखरा महानगरपालिका वडा नम्वर ९ जरेबरमा रहेको आफ्नो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन् ।
उपप्रमुख गुरुङको घोषणाले पोखरामा घर भाडामा दिने घरबेटीहरुलाई समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पोखराका ब्यवसायीले ब्यवसाय धरासायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन माग गरिरहेका बेला उपपप्रमुख गुरुङले भाडा नलिने घोषणा गरेकी हुन् ।
विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तब्यस्त भएको भन्दै उनले ब्यवसायीलाई राहत स्वरुप भाडा नलिने निर्णय गरेको उपप्रमुख गुरुङल बताइन् । उनले मासिक ६५ हजार रुपैयाँमा भाडामा दिएकी छिन् । चैत महिनाको भाडा आफुले नलिने घोषणा गरेको बताउँदै उनले भनिन्, ‘ब्यवसायीलाई एक महिनाको भाडा नलिँदा राहत हुने अपेक्षासहित भाडा मिनाहा गर्ने निर्णय गरेकी छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->