बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लकडाउन उल्लंघन : कहिले सुध्रन्छौं हामी ?

लकडाउन उल्लंघन : कहिले सुध्रन्छौं हामी ?


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७६, शनिबार

म्याग्दी, १५ चैत– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाइएको अवस्थामा गाउँघरमा भने यसको पालना कमै मात्र भएको पाईएको छ ।
नेपाल सरकारले देशलाई ‘लकडाउन’ घोषणा गरेसँगै देशभरका नागरिकलाई घरभित्रै बस्न अनुरोध गरिरहेको अवस्थामा सहरबजारदेखि ग्रामिण क्षेत्रसम्म निषेधाज्ञाको उल्लंघन भइरहेको छ । अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाइएको अवस्थामा जमघट हुने, लुकेर तास खेलिरहेको देखिन्छ । ग्रामिण क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती न्यून हुने गरेकाले विदेशबाट आएकाहरुसँग जमघट हुने, रमाईलो गर्ने, मैदानमा खेल खेल्ने जस्ता गतिविधिहरु भइरहेका छन् ।
‘गाउँमा लकडाउनको कार्यान्वयन फितलो देखियो, ‘यूवाहरु नै खेलकुदमा रमाइरहेका छन्’ मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया विटालुले भनिन् । गाउँघरमा देखिएको चहलपहलले थप नयाँ योजनासहित अगाडी बढ्नुपर्ने अवस्था आएको उनको भनाई छ । गाउँपालिकाभित्रका बस्तीहरुमा अनुगमनको क्रममा बालबालिकादेखि यूवाहरु घर बाहिर भेटिने गरेको बताउँदै कडा नियम बनाउनुपर्ने अवस्था आएको जनप्रतिनिधिको भनाई छ । जिल्लाका सबै स्थानीय तहमा स्थानीय जनप्रतिनिधिको निर्देशन खासै कार्यान्वयन भएको देखिएको छैन् ।
गाउँमा मेला नै छ
म्याग्दीमा कोरोना भाइरसको संक्रमण रोक्न भइरहेका प्रयासलाई ग्रामिण क्षेत्रमा अटेरी गर्ने गरिएको छ । गाउँ फर्किएकाहरु कोही आ–आफ्नो घर तथा खेतबारीको काममा लाग्ने मात्रै होईन यूवाहरुले सामुह बनाएर खेलकुद गतिविधि नै सञ्चालन गरिरहेका छन् । खेलकुद गतिविधिबाट जोखिमको सम्भावना उच्च हुने उदाहरण इटाली नै छ । त्यहाँ फुटबल खेलमा सहभागी र हेर्न गएकाहरुबाटै धेरैले ज्यान गुमाएका छन् । जिल्लाको ग्रामिण क्षेत्रमा लकडाउनपछि पनि भलिबल खेलहरु खेल्ने गरिएका तस्वीरहरु सामाजिक सञ्जालमा देखिन्छ ।


लामो समयपछि गाउँ फर्किएका उनीहरु साथीभाइहरुसँग भेटघाट तथा रमाइलो गर्ने भएपनि कोरोनाको जोखिम उच्च रहेकाले सम्बन्धित स्थानीय तहले समूहमा हिँड्डुल नगर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रहलाई कार्यान्वयनमा चुनौती दिने प्रयास गरिएकाले थप कदम चाल्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । उनले हरेक बस्तीसम्म सुरक्षाकर्मी पुग्न नसक्ने भएकाले स्थानीय जनप्रतिनिधिले नै त्यहाँको अवस्थालाई निगरानी राख्नुपर्ने बताए । उनले जिल्लामा मोवाईल गस्तीको योजना बनाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->