बागलुङ, १९ चैत– बागलुङका एक व्यवसायीले स्वास्थ्य संस्थाहरुकालागि आवश्यक सामग्री सहयोग गरेका छन् । बागलुङ नगरपालिका–२ मा रहेको कालिगण्डकी बस्त्रालयका सञ्चालक नविन कुमार श्रेष्ठले नगरपालिका भित्रका दशवटा स्वास्थ्य संस्थाहरुलाई आवश्यक टावेल र तन्ना सहयोग गरेका हुन् । बागलुङ नगर कार्यपालिकाको कार्यालय मार्फत सबै स्वास्थ्य संस्थाहरुलाई एक÷एक थान टावेल र तन्ना सहयोग गरेको श्रेष्ठले बताए । बुधबार एक कार्यक्रमको आयोजना गरी श्रेष्ठ उक्त सामग्रीहरु नगरपालिकालाई हस्तान्त्रण गरेका थिए । कोरोना त्राससँग जुधिरहेका स्वास्थ्य संस्थाहरुलाई समस्या नहोस भनेर आँफुले सक्ने सहयोग गरेको उनले बताए । व्यवसायी श्रेष्ठले जस्तै निजी क्षेत्रले संकटको समयमा स्थानीय सरकारलाई सहयोग गर्दा संकट सँग जुध्न सहज हुने नगर प्रमुख जनकराज पौडेलले बताए ।





