`

नगर स्वास्थ्य शाखालाई पिपिई सहयोग


  • ढोरपाटन संवाददाता
  • बिहिबार, चैत्र २०, २०७६

बागलुङ, २० चैत– बागलुङका निर्माण व्यवसायी कुमार खड्काले बागलुङ नगरपालिकाको स्वास्थ्य शाखालाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट (पिपिई) सहयोग गरेका छन् । बिभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा खड्काले खरिद गरेका १ सय ८० पिपिईमध्ये २० थानस्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो ।
प्रभु बैंकका सिईओ अशोक शेरचनले १ सय थान, कालिका भगवती गुठी व्यवस्थापन समितिले ५० थान, अधिबक्ता राम शर्माले २० थान र हरिचौर स्वास्थ्य चौकीले १० थान पिपिई खरिदका लागि आर्थिक सहयोग गरेका थिए । प्रतिथान २ हजार मुल्य पर्ने पिपिई बागलुङ आईपुगेको खड्काले बताए ।
बिहिबार खड्काले नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनाल, डिल्ली आचार्य र दिनेश केसीलाई संयुक्त रुपमा उक्त पिपिई सेट हस्तान्तरण गरेका थिए । बाँकी रहेका सबै सेट स्वास्थ्य कार्यालय बागलुङमार्फत जिल्लाका दशवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पु¥याईने खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology