बागलुङ, २१ चैत – कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ बर्षिया युवतीको दोस्रो पटक गरिएको थ्रेट स्वाबको परिक्षण नतिजा पनि पोजेटिभ आएको छ । यो संगै उनको अस्पताल वसाई लम्बिने भएको छ ।
उनको हाल धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनी कतार एयरको क्युआर-६५२ विमानबाट चैत ४ गते बेल्जिएमबाट कतार हुँदै काठमाडौं आएकी हुन् । सोही दिन नै यति एयरलाइन्सको उडान नं. ६७९ मार्फत पोखरा र त्यहाँबाट ६३५३ नं.को स्कार्पियोमा बागलुङ आएका थिइन् । उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको र तेस्रो स्वाब लिएर प्रयोगशालामा पठाउने तयारी भइरहेको अञ्चल अस्पतालले जनाएको छ ।





