आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमित युवतीको परिवारमा कोरोना नभएको पुष्टि

संक्रमित युवतीको परिवारमा कोरोना नभएको पुष्टि


  • Dhorpatan News
  • चैत्र २१ २०७६, शुक्रबार

बागलुङ, २१ चैत– बागलुङकी १९ बर्षिया कोरोना संक्रमित युवतीका परिवार सबैको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ । मंगलबार संक्रमित युवतीको परिवारका ७ जना सदस्यसहित ११ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाईएको थियो । बिहिबारसम्म उनका परिवारका अन्य सदस्यको रिपोर्ट आएको भएपनि युवतीका हजुआमाको रिपोर्ट शुक्रबार मात्रै आएको हो । उनीसँगै बेज्लिएमबाट आएकी ६५ बर्षिया बृद्धामा पनि बिहिबार कोरोाना संक्रमणको पुष्टि भएको थियो । काठमाण्डौसम्म लिन गएका उनका ज्वाईको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ नै आएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । यसअघि आएका नतिजासँगै बागलुङबाट हालसम्म परीक्षणमा पठाईएका १३ जनामध्ये ११ जनाको नेगेटिभ र २ जनामा पोजेटिभ भेटिएको छ । पोजेटिभ भेटिएका दुवैजना एउटै बिमानमा बेल्जिएमबाट कतारहुँदै नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->