बागलुङ, २१ चैत– कोरोना भाईरसको संक्रमण रहेको आसंकामा थ्रेट स्वाब परीक्षणका लागि पठाईएका बागलुङको ताराखोलाका गाउँपालिकाका ६ वर्षीय बालकलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । स्वास्थ्य शिक्षा प्रशिक्षक स्वास्थ्य निर्देशनालय पोखराका अनुसार उनको रिपोट नेगेटिभ आएको हो । पोखारामा उपचारको क्रममा रहेका बालकको लक्षहरुका आधारमा कोरोना परीक्षण गरिएको निर्देशनालय पोखराका नवराज शर्माले जानकारी दिए । बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा वार्डमा उपचार गरिरहेको छ । उनको अवस्था अहिले सामान्य बन्दै गैरहेको शर्माले बताए ।





