शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका संक्रमित महिलाका परिवारको रिपोर्ट नेगेटिभ

बागलुङका संक्रमित महिलाका परिवारको रिपोर्ट नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७६, शनिबार

बागलुङ, २२ चैत – छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया महिलाका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनका ससुरा, बुहारी र दुई नातीको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाईएको थियो । चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अंचल अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु सबैको नतिजा नेगेटिभ आएको गौतमले बताए । गत चैत ४ गते बेल्जिएमबाट कतारहुँदै नेपाल आएकी उनमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनका परिवारको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->