आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काँठेखोलाले बाँड्यो स्वास्थ्य चौकीलाई तीन/तीन सेट पिपिई

काँठेखोलाले बाँड्यो स्वास्थ्य चौकीलाई तीन/तीन सेट पिपिई


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७६, आइतबार

बागलुङ, २३ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्नका लागि काँठेखोला गाउँपालिकाले आफ्ना सवै स्वास्थ्य चौकी र इकाईलाई ब्यक्तिगत सुरक्षा कबच (पिपिई) र आवश्यक औषधीहरु पुराएको छ ।
गाउँपालिका सवै वडामा रहेका ८ वटा स्वास्थ्यचौकी र धम्जा सायकटेरामा रहेको सामुदायिक स्वास्थ्य इकाईलाई तीन तीन सेट पिपिई, स्यानेटाईजर, मास्क र आवश्यक औषधी सहित स्वास्थ्य कीट आईतवार सवै स्वास्थ्यचौकीमा पुराएको गाउँपालिकाले जनाएको छ ।
‘अहिले प्राप्त भएको सहयोगबाट सवै स्वास्थ्यचौकीमा पिपिई सेट लगायतका औषधीहरु पुराएका छौ, पालिका अध्यक्ष अमर थापाले ढोरपाटनसंग भने, थर्मगन लगायतका सामग्रीहरु मगाएका छौ, गाउँपालिकामा आइपुगेपछि वितरण गर्नेछौ ।’
स्वास्थ्यचौकीमा पिपिई नभएकाले सामान्य रोगका विरामी जाँच्न गर्न समस्याको स्वास्थ्यकर्मीले वताउदै आएका थिए । अव भने विरामीलाई सेवा दिन सहज हुने भीमापोखरा स्वास्थ्यचौकीका प्रमुख सोमराज पाँण्डेले वताए ।
भीमापोखरा, धम्जा, तंग्राम र विहुँकोटको स्वास्थ्यचौकी र सायकटेरा स्वास्थ्य इकाईमा पालिका अध्यक्ष अमर थापा र प्रमुख प्रशासकीय अधिकृत खीम विश्वकर्माले आफै लगेर स्वास्थ्यकर्मीले वितरण गरेका थिए । अन्य वडाहरु पाला, रेश र लेखानीका स्वास्थ्यचौकीमा त्यहीका वडा अध्यक्ष मार्फत पुराइएको पालिकाले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणलाई रोक्न पालिकाभित्र सवै उपाय अवलम्बन गरेको काँठेखोला-२ का अध्यक्ष विद्यापति शर्माले वताए । मजबुरी र दैनिक श्रमका आधारमा काम गर्ने नागरीकलाई मुलुकमा नै पहिलो पटक राहत वाँडेर चर्चामा आएको यो गाउँपालिकाले राहत कोषमा जम्मा भएको रकमबाट थप सहयोग वितरण गर्ने कार्यक्रम बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->