आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउन उल्लंघन गर्ने ३० जना सोमबार बिहानै पक्राउ

लकडाउन उल्लंघन गर्ने ३० जना सोमबार बिहानै पक्राउ


  • ढोरपाटन संबाददाता
  • चैत्र २४ २०७६, सोमबार

बागलुङ, २४ चैत– लकडाउनको बेवास्ता गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । आईतवारदेखि लकडाउनमा कडाई थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार बिहानै तीस जनालाई नियन्त्रणमा लिएको हो । बजारक्षेत्रमा गस्ती गरेर लकडाउनको बेवास्ता गर्नेहरुलाई पक्राउ गरीएको प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए । पक्राउ परेका सबैलाई धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गडमा राखिएको छ । उनीहरुलाई अवश्यक चेतावनी सहित सेना प्रहरीले गर्ने व्यायमहरु गराएर छोडिने केसीले बताए । ठुलो समुहमा बजारमा परिचालित भएका प्रहरीले सडकमा निस्केका सर्वसारणलाई नियन्त्रणमा लिने गरेको छ । आईतवार दिनभर समेत ४५ जना नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->