बागलुङ, २५ चैत– निसिखोला गाउँपालिकाले गरिबीको रेखामुनी रहेका नागरिकको तथ्यांक संकलन गरेर राहत बाँडेको छ । प्रदेश सरकारले पठाएको पाँच लाख राहत रकममा गाउँपालिकाको स्रोतबाट ५ लाख रुपैयाँ परिचालन गर्दै राहत बाँड्न थालिएको हो । दुरुपयोग नहुने गरी वडाले तयार पारेका सूचीका आधारमा राहत वितरण गर्ने योजना गरेको अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । गाउँपालिकाले प्रतिपरिवार ३० किलो चामल, एक किलो दाल, नुन र हातधुने साबुनको प्याकेज बनाएर राहत वितरण गरिरहेको अध्यक्ष पौडेलले बताए । वडा नं ७ राजकुतमा १ सय ६ घरपरिवारलाई राहत वितरण गरिएको छ । वडा नं ५ मा ६३, वडा नं। १ देविस्थानमा ६५ र वडा नं ३ मा १ सय परिवारलाई राहत वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।





