शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चिकित्सक भन्छन् : ‘हतियार दिनुहोस्, युद्ध जित्न तयार छौ’

चिकित्सक भन्छन् : ‘हतियार दिनुहोस्, युद्ध जित्न तयार छौ’

उच्च मनोवलका साथ कार्यक्षेत्रमा खट्न गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव शर्माको आग्रह


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७६, बुधबार

बागलुङ, २६ चैत – गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनावलका साथ कार्यक्षेत्रमा खट्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमित पाँचौ र छैठौ विरामीको उपचार भइरहेको धौलागिरी अञ्चल अस्पतालमा बागलुङको अनुगमन र निरीक्षण गर्न वुधवार यहाँ आइपुगेका सचिव शर्माले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले प्रदान गरेको सेवालाई प्रशंसा गर्दै भने, ‘हजुरहरु मन, वचन र कर्म लगाएर उच्च मनोवलका साथ काम गर्नुहोस, प्रदेश सरकारले तपाईहरुको सुरक्षाका लागि सवै काम गर्न तयार छ ।’
उनले धौलागिरी अञ्चल अस्पताललाई डेलिकेटेड अस्पताल बनाउने निर्णय भइसकेकाले यहाँ कुनै पनि सुविधाको कमी हुन नदिने प्रतिवद्धता ब्यक्त गरे । चिकित्सक, स्वास्थ्यकर्मी र ब्यवस्थापन समितिले राखेको मागलाई तत्कालै सम्वोधन हुने वताउदै सचिव शर्माले भने, ‘यो प्रदेशको प्राथमिकताको अस्पताल हो, जनतालाई सेवा दिन यहाँ कुनै पनि कुराको अभाव हुन दिने छैनौं । आवश्यकताका सवै माग पुरा हुन्छन ।’ चिकित्सक र ब्यवस्थापनले अस्पतालमा कोरोना उपचारका लागि स्वास्थ्य सामग्री, सुरक्षा कवच, दक्ष जनशक्ति र सवारी साधनको आवश्यकता भएकोले त्यसको ब्यवस्था गर्न माग गरेका थिए । उनीहरुले आफुहरु युद्धमा होमिएको भन्दै लडाईकै मोर्चाको निर्देशन र सेवा सुविधा आवश्यकता भएको माग गरे ।
सो अवसरमा प्रदेशका डा.रामवहादुर खत्रीले कोरोनाको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई विशेष भत्ता र सुविधाको ब्यवस्थाका साथमा ३० लाख बराबरको बिमा समेत गरिएको जानकारी दिए । प्रदेश आपुर्ति तथा तालिम केन्द्रका निर्देशक खिमवहादुर खड्काले आवश्यकताका आधार धौलागिरी अञ्चल अस्पताललाई सेवा, सुविधा थप गरिदै जाने वताए । सो अवसरमा संघिय सांसद मनकुमारी केसीेले अस्पतालको विकास र जनशक्तिका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने वताईन् । उनले प्रदेशको तर्फबाट प्राथमिकतामा राखेर यहाँको आवश्यकतालाई पुरा गर्न आग्रह गरिन् ।
धौलागिरी अञ्चल अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले प्रदेश सरकारले कुरा होइन, काम र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले चिकित्सक र स्वास्थ्यकर्मीले राखेका मागलाई तुरुन्त पुरा गर्नुपर्ने वताउदै उनीहरुको सेवा सुविधाम कन्जुसाई नगर्न आग्रह गरे । ब्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले युद्धको भाषामा निर्देशन, प्लानिङ र बजेटको ब्यवस्थापन गर्नुपर्ने वताए ।
अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र वि पोखरेलले कोरोनाका विरामीको उपचार, यहाँको रिक्स म्यानेजमेन्ट र अव गर्नुपर्ने कामका वारेमा अवगत गराए ।सो अवसरमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, जिल्ला जनस्वास्थ्य प्रमुख लगायतले कार्यक्षेत्र, काममा भएको समन्वय र आवश्यकताका वारेमा आफ्ना भनाई राख्दै आफुहरु युद्धको मैदानमा रहेकाले आवश्यक हतियार प्राप्त भएमा कोरोना संक्रमण विरुद्धको लडाई सजिलै जित्न सकिने वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->