आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ, म्याग्दी र पर्वतका प्राबिधिकलाई ¥यापिड टेष्ट तालिम

बागलुङ, म्याग्दी र पर्वतका प्राबिधिकलाई ¥यापिड टेष्ट तालिम

बागलुङमा आजैदेखि जाँचको काम सुरु


  • Dhorpatan News
  • चैत्र २७ २०७६, बिहिबार

बागलुङ, २७ चैत– बागलुङमा बिहिबारदेखि कोरोना भाईरसको द्रुत जाँच (¥यापिड टेष्ट) सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बुधबार बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्य प्राबिधिकहरुलाई ¥यापिड टेष्ट किट सम्बन्धि तालिम दिए पश्चात बागलुङमा टेष्ट सुरु भएको हो । तालिम पश्चात तीन जना स्वास्थ्य प्राबिधिकहरुको नमुना जाँच गरेर प्रकृाया सुरु गरिएको अञ्चल अस्पतालले जनाएको छ ।
धौलागिरी अञ्चल अस्पतालकका मेडिकल ल्याव टेक्नोलोजिस्ट सुरज बराल, स्वास्थय कार्यालय बागलुङका प्राबिधिक डिल्लि आचार्य र अञ्चल अस्पतालकै क्षयकुष्ठ रोग सुपरभाईजर देवप्रकाश घिमिरेको कोरोना जाँच गरिएको हो । उनिहरु तीनै जनाको रिपोट नेगेटिभ आएको छ ।
उनीहरुको रगत जाँचसँगै महाशाखाका मेडिकल ल्याब टेक्नोलोजिष्ट धनप्रसाद पोडेलले स्वास्थ्य प्राबिधिकहरुलाई किटको प्रयोग र परीक्षणबिधि सम्बन्धि तालिम दिएका थिए । अञ्चल अस्पतालमा जम्मा भएका तीन जिल्लाका झण्डै २५ जना स्वास्थ्य प्राबिधिकहरुलाई प्रयोगात्मक परीक्षणनै गरेर बिधिको बिषयमा जानकारी गराईएको थियो । तालिम सञ्चालन र टेष्ट किट लिएर पौडेल नेतृत्वको टोलि बुधबार साँझनै बागलुङ आएको थियो ।
तालिमको अवसरमा  जिल्ला कामण्ड पाेष्टका स‌याेजक तथा प्रमुख जिल्ला अधिकारी गाैलाेचन शैँजुले जिल्लाको अवस्थाका बिषयमा जानकारी गराए । स्वास्थ्य मन्त्रालयले ¥यापिड टेष्टका लागि प्रयोग हुने १ हजार थान आरबिटि किट पठाएको छ । सोही किटको प्रयोगले बिरामीको रगत परीक्षण गरिने र त्यसको नतिजा १५ मिनेटमानै दिन सक्ने पौडेलले बताए ।
बागलुङमा बिदेशबाट आएर १४ दिन बितेका, क्वारेन्टाईनमा रहेका र संक्रमितको सम्पर्कमा आएकाहरुको दु्रत जाँच हुने छ । तालिमको सञ्चालन धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले गरेका थिए ।

तालिममा प्रतिनिधिसभा सदस्य मन कुमारी के.सी., प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्वास्थय कार्यालयका प्रमुख, अञ्चल अस्पतालका चिकित्सक, व्यवस्थापन समिति लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->