शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रभुका सिइओ शेरचनले बागलुङलाई गरे स्वास्थ्य सामग्री सहयोग

प्रभुका सिइओ शेरचनले बागलुङलाई गरे स्वास्थ्य सामग्री सहयोग

उनले केही थान थर्मगन छिट्टै नगरपालिकालाई उपलब्ध गराउने विश्वास पनि दिलाएका छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७६, बिहिबार

बागलुङ, २७ चैत – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङवासी ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शेरचनले बागलुङलाई पिपिई, स्यानीटाइजर, मास्क, ग्लोब्स, डिसइन्फेक्सन लिक्विड, भिटामिन सि ट्याब्लेट लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
बैंकका सिइओ शेरचनले बागलुङ नगरपालिकाका स्वास्थ्य सहसंयोजक डिल्ली आचार्य र फोकल पर्सन दिनेश जिसीलाई जिल्लाका सवै स्थानीय सरकार र स्वास्थ्य संस्थामा वितरण गर्ने गरी ती स्वास्थ्य सामग्री विहिवार काठमाडौंमा उपलब्ध गराएका हुन् ।
जिल्लावासीको सुखदुःखमा सहभागी हुन चाहेको वताउदै शेरचनले ती स्वास्थ्य सामग्री बागलुङ नगरपालिका मार्फत जिल्लाभर नै पुग्नेगरी उपलब्ध गराएको जिसीले वताए । उनले केही थान थर्मगन पनि छिट्टै नगरपालिकालाई उपलब्ध गराउने विश्वास दिलाएका छन् । बागलुङ नगरपालिकाका वाहेकका अन्य पालिका र स्वास्थ्य संस्थामा ती सामग्री स्थानीय ब्यवसायी कुमार खड्का मार्फत वितरण गरिने जिसीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->