आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


  • Dhorpatan News
  • बैशाख १ २०७७, सोमबार

बागलुङ, १ बैशाख– सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षिया भीमा भुषाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट सोमबार दिउँसो उद्धार गरिएको हो ।
प्रसूति व्यथाले थलिएकी पाण्डेको उद्धारका लागि बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजाको पहलमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेलिकप्टर पठाएको हो । सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुगेकी उनलाई स्वास्थ्य केन्द्रले पोखरा रिफर गरेको थियो ।
सदरमुकाम बागलुङ बजारतर्फ एम्बुलेन्समा आउँदै गर्दा व्यथाले झन् च्याप्दै गएपछि बडिगाड गाउँपालिकाको कार्यालय परिसरमा राखिएको थियो । हेलिकप्टर आएपछि उनलाई गण्डकी अस्पताल पोखरा लगिएको अध्यक्ष पाईजाले जानकारी दिए । ‘उनको अवस्था देखेर माननिय मन्त्री नरदेवी पुनलाई सम्पर्क गरेँ’ पाईजाले भने ‘उहाँले तत्काल प्रभुको हेलिकप्टर पठाउनुभयो, उनी अस्पताल पुगिसकेकी छन् ।’ स्वास्थ्य केन्द्रका अनुसार, पेटमा बच्चा असामान्य अवस्थामा रहेकाले उनलाई पोखरा पठाईएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->