बागलुङ, २ बैशाख – बागलुङको काठेखोला गाउँपालिका_७ रेशमा सोमबार राती हावाहुरीसँगै परेको चट्याङले लागेर तीन जना घाईते भएका छन् । रेशको कुँवरथरका ८८ बर्षिया लाल बहादुर कुँवर, २४ बर्षिया पवित्रका कुँवर र उनका ३ बर्षिया छोरा टिका वहादुर घाईते भएका हुन् । घाईतेहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ । हावाहुरीले घर गोठको छाना उडाएको वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । लालबहादुर र पवित्रा ससुरा बुहारी नाता पर्ने हुन् । उनीहरु दुवैजना बस्दै आएका घरहरुमा क्षति भएकाले पुन निर्माणको काम थालिएको लमिछानेले बताए । चट्याङका कारण गोठमा बाँधिराखेका पशु चौपाय समेत घाईते रहेको लामिछानेले बताए ।





