आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा ९ सय ८६ को र्‍यापिड टेष्ट, सबै नेगेटिभ

बागलुङमा ९ सय ८६ को र्‍यापिड टेष्ट, सबै नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७७, मंगलबार

बागलुङ, २ बैशाख – कोरोना भाइरसको उपचार, रोकथाम र नियन्त्रणमा जुटेको स्वास्थ्यकर्मीको टोलीले बागलुङमा बिदेशबाट आएका शंकास्पद, क्वारेन्टाईन र होम क्वारेन्टाइनमा रहेका करिव एक हजार जनाको र्‍यापिड डायनोष्टिक टेष्ट (आरडीटी) गरिएको छ ।

धौलागिरी अञ्चल अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीहरु समावेश गरी बनाएको चार टोलीले मंगलवारसम्म ९ सय ८६ जनाको कोरोना भाईरसको द्रुत परीक्षण गरेको हो । यो टोलीले जिल्लाको दशवटै स्थानीय तहमा पुगेर कोरोनाको जाँच गरेका हुन् । टेस्ट गरिएका मध्ये सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका रहेका ३ वटा वडामाा ५० जना र काँठेखोला गाउँपालिकाका २ जनाको मंगलवार र्‍यापिड टेष्ट गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । अहिलेसम्म जाँच भएका मध्ये सबैको रिपोट नेगेटिभ आएको गुरौले बताए । बिहुँमा एन्टिबडी टेष्टमा एक जनामा शंका देखिएको भए पनि उनको स्वाब परीक्षणको रिपोट नेगेटिभ नै आएको छ । गुरौका अनुसार बुधबार सम्ममा टेष्टको काम सक्ने योजना छ ।
‘अहिलेलाई बागलुङ नगरपालिका–४ कुँडुले गाउँ बाहेक मापदण्डमा परेकाहरु सबैको जाँच सकियो’ गुरौले भने, ‘कुँडुलेमापनि बुधबार जाँच हुन्छ ।’ कुँडुलेमा जाँच गर्नुपर्नेहरुको एण्टिबडी र थ्रोट स्वाब दुवै जाँच गर्ने वा नगर्ने बिषयका कारण परीक्षण लम्बिएको हो ।
‘बुधबारसम्म डाक्टरापहरुले निधो गर्नुहुन्छ, अनि चेक हुन्छ’, गुरौले भने । एण्टिबडीमात्रै गर्ने वा स्वाब समेत लिने भन्ने निर्णय धौलागिरी अञ्चल अस्पतालले गर्नेछ । अस्पतालका चिकित्सकले विश्वासनीयताका लागि संक्रमित विरामीको संगतमा आएकाहरुको स्वाव समेत लिने वताउदै आएका छन् । सोही अनुसार बानपा– ३ गौडाकोटका महिलाको परिवार र छिमेकीसंग दुवै विधिबाट परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->