बागलुङ, ३ बैशाख– सरकारले तोकेको मापदण्ड अनुसार बागलुङमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको -यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ । उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखापरेपनि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
बागलुङमा बुधबार मात्रै ४३ जनाको -यापिड परीक्षणमार्फत कोरोनाको जाँच भएको छ ।
पाँचौ संक्रमित युवतीको गाउँ र छुटफुट भएका बिदेशबाट आएकाहरुको बुधबार जाँच भएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । योसँगै सरकारले तोकेको मापदण्डमा पर्नेहरुको -यापिड परीक्षण सकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘माथिबाट आएको मोडालिटीका आधारमा आडिटी परीक्षण सकियो’ गुरौले भने । बुधबार -यापिड परीक्षण गरिएकामध्ये २१ जनाको थ्रेट स्वाब समेत संकलन भएको छ । कोरोना संक्रमित १९ बर्षिया युवतीको सम्पर्कमा आएकाहरुको थ्रेट स्वाब संकलन भएको हो । उनीहरुको स्वाब बिहिबार बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने गुरौले जानकारी दिए ।




