आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खाद्य बैंकबाट एकै दिन १४० जनाले पाए राहत

खाद्य बैंकबाट एकै दिन १४० जनाले पाए राहत

काँठेखोला-६ विहुँले बाड्यो ३ सय २८ जनालाई राहत


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७७, बुधबार

बागलुङ, ३ बैशाख – लकडाउनका कारण रोजगारी गुमाएकाहरुलाई खाद्य सामग्री उपलव्ध गराउन बागलुङ नगरपालिकामा स्थापना भएको खाद्य बैंकबाट बुधबारसम्म २ हजार १ सय ८३ जनाले खाद्य सामग्री पाएका छन् । खाद्य बैंकबाट बुधबार मात्रै १ सय ४० जनाको परीवारलाई खाद्य सामग्री उपलवध गराईएको छ ।
उनीहरुको परिवारलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ पोका तेल र १ वट्टा साबुन वितरण गरिएको नगरपालिकाले जनाएको छ । ५ वा सो भन्दा बढी संख्या रहेको परिवारका लागि थप ५ किलो आटा (पिठो) वितरण गरिएको थियो । पाँच जना भन्दा धेरै संख्या रहेका २० परिवारले आटा सहितको खाद्य सामग्री लिएका छन् ।
बिहान बेलुकाको छाक टार्न मुस्किल भएका नागरीकलाई सामग्री दिईएको नगर प्रमुख जनकराज पौडेलले बताए । नगरभित्रका ठूला तथा साना आयोजनामा अन्य जिल्लाबाट आएका मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । उनीहरुसँगै अति विपन्न र गरिवहरुका लागि समेत अवस्था हेरेर नगरपालिकाले खाद्य सामग्री उपलव्ध गराएको हो ।
‘हाम्रो नगरका विपन्न र मजदुरका लागि वडाबाट पनि राहत पुगेको छ’ योजना अधिकृत युक्त प्रसाद सुवेदीले भने, ‘खाद्य बैंकबाट बिसुद्ध बाहिरबाट आएका मजदुरी गर्ने तर उपाय नभएकालाई मात्रै सामान दिईएको छ ।’ बुधबार मात्रै १ हजार ४ सय किलो चामल, १ सय ४० किलो दाल, नुन र १ सय ४० वट्टा सावुन वितरण भएको उनले बताए । अव खाद्य बैंकमा ७ सय ५० किलो चामल र १ सय ५० किलोका दरले नुन र दाल बाँकी छ ।
‘दिनेले धेरै चामल दिनुभएको छ हामीले त बाना मिलाएर दिनु प¥यो’ उनले भने ‘चामल बाँकी रहँदा अरु सामग्री सकिए ।’ नगरपालिकाले कोरोना राहत कोषबाट खर्च हुनेगरी बुधबार मात्रै २ सय किलो दाल, २ सय पोका तेल र १ सय पोका नुन खरिद गरेको छ । वडा मार्फत वितरण भएको राहत र खाद्यबैंकबाट सामग्री पाउनेगरी ९ हजार भन्दा धेरै लाभान्वित भएको सुवेदीले जानकारी दिए ।
यसैबीच, जिल्लाको काँठेखोला–६ विहँुले त्यहाँ ज्याला मजदुरी गरेर खाने ९७ परिवारलाई बुधवार खाद्य सामग्री वितरण गरेको छ । ज्याला मजदरीका भरमा बाँच्ने वडाका ९५ परिवार र मध्य पहाडी सडक निर्माणमा काम गर्ने १३ मजदुर गरी ९७ परिवारका ३२८ जनालाई राहत वितरण गरिएको वडाध्यक्ष युक्त कँडेलले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->