पोखरा, ११ बैशाख – उनलाई आफ्नो नाम थाहा छैन । घर त झन कहाँ हो कहाँ ? घरको सम्झना स्मृतिबाटै बिलाइसक्यो । बस्, पोखरा बृद्धाश्रमको एउटा कोठामा उनी एक्लै बर्बराइ रहन्छिन् । खै, के—के हो के—के ? उनको छटपटी कसैले बुझ्न सक्दैन ।
बृद्धाश्रमले उद्धार गरेर ल्याउदा नै उनको अवस्था यस्तै थियो । सडकबाट उद्धार गरेर ल्याएको पनि अहिले त १० वर्ष भइसक्यो । त्यतिबेलादेखि नै उनी यस्तै थिइन रे ! न नाम थाहा छ । न घर । न परिवार !
बृद्धाश्रममा उनको हेरचाह गर्नेहरुले नै उनको नयाँ नाम जुराइदिएका छन्, ‘काली आमा’ । लमजुङ राइनासका हरिबहादुर थापा उमेर हुँदा भारततिर काम गर्थे । बिहेबारी पनि भयो । सन्तान पनि जन्मिए । तर, उमेरमै उनलाई रोगले च्याप्यो । उकाली ओराली गर्न नसक्ने भए । दुई छोरा, श्रीमती र छोरीसहितको आफ्नै घर घरजस्तो रहेन । उनी बृद्धाश्रमको सरणमा आए । छोराछोरीको बिहे भइसक्यो । उनीहरुलाई पनि बुबा बृद्धाश्रममा भएको थाहा छ । अहँ, कोही भेट्न आउँदैनन् , लिन आउनु त परको कुरो !
उनीहरुमध्ये धेरैलाई आफ्नो नाम थाहा छैन । घर पनि थाहा छैन । एकाधलाई थाहा भए पनि त्यो घर सम्झिन चाहन्नन् । जीवनको उत्तरार्धमा सन्तानले दिने माया, बृद्धाश्रमले जो दिइरहेको छ । गाँस दिएको छ । बास दिएको छ । जिउनलाई यत्ति भए, अरु के चाहियो ?
कहिलेकाहिँ सानी छोरीले फोन गर्छे’, उनले भने,‘उनीहरुले सम्झे त घर जान्थेँ, नसम्झे के जाने ?’ सन्तान भएर पनि नभएको जस्तो लाग्छ रे उनलाई । पोखरा, ड्यामसाइडकी बाटुली बराल बृद्धाश्रम आएको १० वर्ष पूरा भएर ११ वर्ष लागिसक्यो । १० वर्षको अन्तरालमा बाटुलीलाई बृद्धाश्रमले घर परिवारको न्यास्रो मेटाएको छ । बाआमाले अन्माएर पठाएको पराई घर उनको लागि पराइ घर नै बन्यो । घरबार त्यति नजमेपछि उनी माइतीमै बस्न थालिन् ।
माइतीमा पनि बाआमा छउञ्जेल त हो । आफ्नो भन्ने बाआमा नै नरहेपछि उनको लागि भएको एउटा माइती पनि बिरानो बन्न थाल्यो । यसरी उनी बृद्धाश्रममा आइ पुगिन् । ‘घर नै यहीँ हो अन्त त केही पनि छैन’ उनी भन्छिन्, ‘माइत बसिथेँ, घरसर केही पनि छैन ।’ अहिले त उनलाई बृद्धाश्रम नै घरजस्तो लाग्छ ।
छोराछोरी भएनन् । भएको एउटा बैनीको छोरा हो । ऊ पनि आजकाल त भेट्नै आउँदैन । दिनभर आश्रममै बस्यो । ‘तपाईंहरु जस्तो सहयोगी आउनुहुन्छ, सहयोग गर्नुहुन्छ, यही नै हाम्रो लागि ठूलो हो’ उनले भनिन् ।
सरकारले जिम्मा लिएको भए पनि एउटा कुरा हुन्थ्यो’ उनले भने, ‘अहिले त जताततै ठप्प छ । सहयोग गर्छु भनेर दाताहरुले चाहें पनि गर्न सक्ने अवस्था छ ।
कास्की मट्टिखानकी देवका पौडेलको पनि बाटुलीको जस्तै व्यथा छ । जीवनभर साथ दिन्छु भन्ने जीवनसाथी नै नभएपछि उनी एक्ली भइन् र बृद्धाश्रमको शरणमा आइ पुगिन् । ‘आफ्नो भनेको नै यहीँ आश्रम हो’ उनी भन्छिन्, ‘अरु त केही पनि छैन ।’ भएका आफन्त सोध्दै खोज्दै आउन्नन् । माइतीको ढोका बन्द भएपछि बृद्धाश्रमको ढोका उनको लागि खुलेको हो । अहिले माइतीको ढोकाभन्दा बृद्धाश्रमको ढोका नै उनलाई प्यारो लाग्न थालेको छ ।
कालि आमा, बाटुली र देवका जस्ता आमाहरु यहाँ थुप्रो छन् । उनीहरुमध्ये धेरैलाई आफ्नो नाम थाहा छैन । घर पनि थाहा छैन । एकाधलाई थाहा भए पनि त्यो घर सम्झिन चाहन्नन् । जीवनको उत्तरार्धमा सन्तानले दिने माया, बृद्धाश्रमले जो दिइरहेको छ । गाँस दिएको छ । बास दिएको छ । जिउनलाई यत्ति भए, अरु के चाहियो ? बृद्धाश्रमलाई नै आफ्नो घर मानेका छन् । एक—अर्कासँग दुख, सुख साँटेका छन् । सँगै खान्छन् । रमाउछन् । ५६ जना बृद्धबृद्धाको यो आश्रममा आइ सकेपछि धेरैले त आफ्नो घर पनि बिर्सिसकेका छन् । आमाबुबा को हुन् ? कसका हुन् ? त्यो कुरा आश्रमलाई पनि थाहा छैन । बाटोमा बेवारिसे अवस्थामा भेटिए । कोही अस्पतालमा सन्तानले छोडेर गए । उनीहरुलाई बृद्धाश्रमले आश्रय दिँदै आएको छ । हुन् त आफ्नो भएर पनि आफ्नो हुन नसकेको घरको के काम ?
आश्रमको मुलढोका खुल्ने बित्तिकै सबैले आशाले भरिएको नजर मुलढोकातिर तेस्र्याउने आँखाहरु अहिले त थाकी सकेका छन् । ‘लकडाउन’ले सहयोगी दाताका हात बाँधिएका छन् । सहयोग गर्ने इच्छा भए पनि सहयोग गर्न सक्दैनन् ।
आश्रमका संरक्षक राजकुमार बस्नेतले ‘लकडाउन’ले गर्दा दाताहरको सहयोग आउन पनि ठप्प भएको बताए । खानेकुराको जोहो गर्नै गाह्रो पर्न थालेको उनले सुनाए । ‘सरकारले जिम्मा लिएको भए पनि एउटा कुरा हुन्थ्यो’ उनले भने, ‘अहिले त जताततै ठप्प छ । सहयोग गर्छु भनेर दाताहरुले चाहें पनि गर्न सक्ने अवस्था छ । बिहान बेलुका खाना पु¥याउन पनि अहिले त गाह्रो पर्न थाल्यो ।’ आज आमाको मुख हेर्ने दिन आमा नभएकाहरु आश्रममा आउँथे दान गर्थे । छोराछोरी नआउने ती आमाहरुले पनि मन बुझाउँथे तर यसपाली नत दान बोकेर दताछोराछारी आउने छन् नत ती आमाहरुका छोराछोरीनै ।





