सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राहत कोषमा पोखरा फाइनान्सको २ लाख

राहत कोषमा पोखरा फाइनान्सको २ लाख


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

पोखरा, ११ बैशाख– पोखरा महानगरपालिकाको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । कोषमा पोखरा फाइनान्सले दुई लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले बिहिबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो । त्यस्तै, पोखरा महानगरपालिका–९ निवासी मेजर जयबहादुर गुरुङले ५० हजार पाँच रुपैयाँ सहयोग गरेका छन् । उनले महानगर उपप्रमुख मञ्जुदेवी गुरुङलाई उत्त रकम हस्तान्तरण गरे ।
त्यस्तै, आईएनएफले एक सय जनाको लागि खाद्यान्न सहयोग गरेको छ । महानगरको मापदण्डअनुसार एक सय जनाको लागि फुल प्याकेज राहत सामग्री उलब्ध गराएको महानगरका सुचना अधिकारी भरतराज पौडेलले बताए । लकडाउनमा दैनीक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने र विपन्नहरुलाई राहत उपलब्ध गराउन महानगरले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->