शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राहत र उद्धारकालागि गुगलमार्फत तथ्यांक संकलन

राहत र उद्धारकालागि गुगलमार्फत तथ्यांक संकलन

बिदेशका मजदुर तथा विद्यार्थी र स्वदेशका विद्यार्थीलाई फारा मभर्न आग्रह


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

पर्वत, ११ बैशाख– आफ्नो गाउँपालिकाबाट देश बिदेशमा रहेका मजदुर र बिद्यार्थीको लागि राहत र उद्धारका कार्यक्रम चलाउन पर्वतका दुई गाउँपालिकाले गुगल फारामको सहारा लिने भएका छन् । जिल्लाको मोदी गाउँपालिका र जलजला गाउँपालिकाले देशबिदेशमा रहेकामजदुर तथा बिद्यार्थीहरुलाई आफ्नो वास्तविक अवस्था सहित फाराम भर्न भनेका छन् । गुगल फाराममा आएका बिबरणका आधारमा उनीहरुको अवस्थाका बिषयमा बिश्लेषण गर्न थालिएको हो ।
गुगल फाराम भरेकाहरुको अवस्थाको बिषयमा अध्ययन गरेर जोखिममा रहेकालाई राहत र उद्धारकालागि यो बिधि अपनाईएको जलजला गाउँपालिका काप्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । यो बिधि गाउँपालिकाहरुले आबधिक रुपमा प्रयोगमा ल्याएका हुन् । ‘अहिले सर्वेक्षण गर्न कठिन छ, गुगलमार्फत भरीने फारामले पालिकाबाट के कति मजदुरहरु बाहिर छन र के कति बिद्यार्थी छन भन्ने तथ्यांक समेत आउँछ’, शर्माले भने ‘उनीहरुको अवस्थाका बिषयमा समेत यहाँ रहेका अप्सनहरुमा भरीने जानकारीले थाहा हुन्छ ।’ यो फारममा नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने छ ।
गाउँपालिका हरुले बिदेशमा रहेका मजदुर तथा विद्यार्थी र देश भित्रका बिद्यार्थीहरुलाई मात्रै फाराम भर्न भनेका छन् । फाराम विश्वका जुनसुकै ठाउँवाट पनि भर्न सकिने गाउँपालिकाले जनाएका छन् । ‘गुगलमा अरु जस्तै डाटा संकलनको अप्सन रहेछ हामीले उपयोग गर्ने सोँच बनायौं’ शर्मा भन्छन, ‘भरिएका सबै फारामहरुको तथ्यांक गाउँपालिकाको इमेलमा संचित हुन्छ ।’ बुधबारबाट फाराम खुल्ला भएको जलजला गाउँपालिकामा बिहिबार सम्म ७० जनाले फाराम भरीसकेका छन् । लकडाउनको अबधि लम्बिए वा लकडाउनका कारण प्रभावित हुने अवस्था आएमा यही तथ्यांकको प्रयोग गरेर कार्यक्रम तय गरिने मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए । अनलाईन फारम गाउँपालिकाको आधिकारीक पोर्टलमा गएर १ मिनेटमै भर्न सकिने पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->