शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटमा काम गर्ने ८५ मजदुरलाई नगरपालिकाले पठायो घर

गलकोटमा काम गर्ने ८५ मजदुरलाई नगरपालिकाले पठायो घर


  • ढोरपाटन संबाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

बागलुङ, १२ बैशाख– बिकास निर्माणका कामको शिलशिलामा जिल्लाको गलकोटमा रहेका मजदुरहरुलाई गलकोट नगरपालिकाले उद्दार गरी घर पठाएको छ ।
लकडाउनका कारण काम बन्द भएपछि एक महिनादेखि कामविहिन भएर पालिकाभित्र रहेका ८५ जना मजदुरको उद्दार गरी आआफ्नो घर पठाएको हो । काम पनि नहुने र राहत बापत दिईएको खाद्यान्नले समेत लामो समयसम्म खर्च चलाउन कठिन भएको भन्दै उनीहरुले घर जाने ब्यवस्था मिलाईदिन आग्रह गरेका थिए । मजदुरहरुको इच्छा अनुसारनै सवारी साधनको व्यवस्था गरेर घर पठाईएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले ढोरपाटनलाई बताए । पर्सा, बारा, रौतहट लगायतका जिल्लाबाट गलकोटमा भैरहेका बिकास निर्माणका कामका लागि मजदुरहरु यहाँ आएका थिए ।
‘हामीले नै बसको व्यवस्था गरेर घर घरमै पु¥याउनेगरी पठायौं’, पौडेलले भने, ‘लामो समय खालिबस्दा उनीहरु आत्तिएका थिए ।’ गलकोट नगरपालिकाको हटिया, हरिचौर, मल्म, नरेठाँटी, चरौदी, काँडेबास लगायतका स्थानमा उनीहरुले काम गर्दै आएका थिए । दुईवटा सार्वजनिक बस भाडामा लिएर उनीहरुलाई घर पठाईएको नगरप्रमख भरत शर्मा गैरेले बताए । बिहिवार पठाइएका मजदुर शुक्रवार दिउसो सम्म पोखरा प्रहरीले रोकेर अलपत्र रहेका छन् । उनीहरुलाई गन्त्व्यमा पठाउन समनवय भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->