सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कोरोना कहरबीच रिपोटिङ : पत्रकारलाई सुरक्षा सामग्री वितरण

कोरोना कहरबीच रिपोटिङ : पत्रकारलाई सुरक्षा सामग्री वितरण

बागलुङ नगरपालिकाले दियो पत्रकार महासंघलाई सुरक्षा सामाग्री


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

फोटो : महासंघले उपलब्ध गराएको सुरक्षा सामाग्री बुझ्दै पत्रकार डम्मर बुढा (माथि) र नगरपालिकाले महासंघलाई उपलब्ध गराएको सामाग्री लिदै महासंघका सचिव नविन शिशिर विक (तल) ।                          तस्विर : ढोरपाटन
बागलुङ, १२ बैशाख –
कोभिड–१९ को जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय बागलुङका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङले शुक्रबार पत्रकारका लागि मास्क, सेनिटाइजर, औषधी (भिटामीन, सिटामोल) र ग्लोब्स प्रदान गरेको हो । पत्रकार महासंघ गण्डकी प्रदेश र बागलुङ नगरपालिकाले उपलव्ध गराएका सामग्री महासंघले शुक्रबार पत्रकारहरुलाई वितरण गरेको हो ।
सदरमुकाममा उपलव्ध क्रियाशिल पत्रकारलाई हस्तान्तरण गरिएको छभने सदरमुकाम बाहिर रहेका पत्रकारको लागि समेत सुरक्षा सामग्री प्याकेज पठाईएको सचिव राम थापाले बताए । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य हरिनारायण गौतम, अध्यक्ष दिल शिरीष र पूर्वअध्यक्षहरु राजेशचन्द्र राजभण्डारी  हरिनारायण गौतमको उपस्थितीमा सामग्री हस्तान्तरण गरिएको थियो ।
पत्रकार महासंघ गण्डकी प्रदेशले बागलुङमा ४० ‘सेट’ सुरक्षा सामग्री उपलब्ध गराएको समितिका सदस्य संगम घर्तिमगरले बताए । उनका अनुसार, गुणस्तरीय मास्क, सर्जिकल मास्क, ग्लोवस, स्यानीटाइजर लगायतका सामग्री लगायतका सामाग्री उपलब्ध गराएको हो ।बागलुङ नगरपालिकाले दियो पत्रकार महासंघलाई सुरक्षा सामाग्री
यता, बागलुङ नगरपालिका स्वास्थ्य शाखाले महासंघलाई १ सय थान सर्जिकल मास्क, २० थान एन-९५ मास्क, ७ बोतल सेनिटाईजर, औषधि (भिटामीन, सिटामोल) र ग्लोब्स लगायतका सामग्री उपलव्ध गराएको थियो । नगरपालिकाका स्वास्थ्य शाखाकाका दिल्ली आचार्य र दिनेश जिसीले पत्रकार महासंघका सहसचिव नविन विकलाई ती सामाग्री शुक्रवार नै उपलब्ध गाएका हुन् । कोभिड–१९ को समाचार संकलन र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका जिल्लाको दशवटै स्थानीय तहका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको अध्यक्ष दिल शिरीषले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->