बागलुङ, १४ बैशाख– जैमिनी नगरपालिका–१० मा रहेको राङ्खानी स्वास्थ्य चौकीका लागि बिभिन्न संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । हाँडीकोट सामुदायिक विकास केन्द्र जैमिनी–१० राङखानीको समन्वय र प्रभु बैंकको सहयोगमा स्वास्थ्य चौंकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य चौकीलाई सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष नगेन्द्र थापाले बताए । संस्थाले सर्जिकल मास्क २ सय थान, सेनिटाईजर १४ बोतल, सर्जिकल ग्लोव्स ४० थान, म्यारा सिटामोल १ हजार ट्यावलेट र भिटामिन सि २ सय ट्यावलेट उपलव्ध गराईको हो । सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष नरबहादुर थापाले थोरै भएपनि सामाजिक कार्यमा युवाहरुको सक्रियता सह्रानिय रहेको बताए । स्वास्थ्य संस्थाका इन्चार्ज टुकनाथ शर्माले दाताहरुलाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन मित्र थापाले गरेका थिए ।





