बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अनलाइन कक्षा नचलाउन पोखरा महानगरको निर्देशन

अनलाइन कक्षा नचलाउन पोखरा महानगरको निर्देशन


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७७, शुक्रबार

कास्की, १९ बैशाख – पोखरा महानगरपालिकाले अनलाइन कक्षा नचलाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । लकडाउन लम्बिँदै गर्दा महानगरभित्रका केही विद्यालयहरुले अनलाइनबाटै कक्षा संचालन गरेपछि महानगरले बिहीबार अनलाइन कक्षा नचलाउन निर्देशन जारी गरेको हो । महानगरको शिक्षा शाखाका प्रमुख गंगाबहादुर गुरुङले सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इण्टरनेटको पहुँच नभएको र सम्बन्धित निकायको अनुमपति नलिइएको भन्दै कक्षा संचालनमा रोक लगाएका हुन् ।
‘आवश्यक पूर्वाधार बिना नै अनलाइन कक्षा संचालन गर्दा समाजमा थप विकृति निम्त्याइनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी र अभिभावकलाई मानशिक दवाव पर्न सक्ने भएकाले त्यस्ता कक्षाहरु बन्द गराउनू पर्ने भनी महानगरमा उजुरी परेकाले अनलाइन कक्षा तुरुन्त बन्न गर्नुहुन र महानगरको सहमति बिना कक्षा संचालन नगराउन जानकारी गराइन्छ’, महानगरको विज्ञप्तिमा भनिएको छ । महानगरको निर्देशनबारे यहाँका विद्यालयहरुको धारणा सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->