सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लकडाउनमा बागलुङ छिरेका ४ जनाको पिसिआर रिपोर्ट नेगेटीभ

लकडाउनमा बागलुङ छिरेका ४ जनाको पिसिआर रिपोर्ट नेगेटीभ

शंका गरिएका स्वास्थ्यकर्मीमा समेत कोरोना नभएको पुष्टी


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७७, बिहिबार

बागलुङ, २५ बैशाख – लकडाउनकै समयमा जिल्ला बाहिरबाट आएका तीनजनालाई बागलुङ नगरपालिकाले कोरोना परीक्षणका लागि पठाएको स्वावको नतिजा नेगेटिभ आएको छ । उनीहरु पछिल्लो समय भैरहवावाट आएका थिए ।
बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा राखेर कोरोना परीक्षणको लागि स्वाव संकलन गरि गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला पठाईएको थियो । बुधबार राती तीनै जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
लकडाउनको अवधिमा ७/८ दिन पहिले भैरहवावाट बागलुङ आएका तिन जनामा कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको थियो । उनीहरुमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएपछि क्वारेन्टाईनबाट होम क्वारेन्टाईन पठाउने तयारी भैरहेको वडा सदस्य सुर्य लामिछानेले बताए । २ जना महिला र १ जना पुरुष भैरहवावाट आएको जानकारी प्राप्त भएपछि केही दिन वडा अध्यक्ष र प्रहरीको निगरानीमा राखिएको र मंगलवार क्वारेन्टाइनमा राखी परीक्षणका लागि स्वाव निकाली गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला पठाईएको थियो । कोरोनासँग मिल्दा जुल्दा लक्षण देखा परेपछि केही दिन पहिले परीक्षणका लागि पठाईएको एक स्वास्थ्यकर्मीको स्वावको नतिजा पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले जिल्लाबाट पठाएका सवै स्वावको परिक्षण रिपोर्ट नेगेटीभ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->