सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धर्मकाया मण्डलामा बुद्ध जयन्ती

धर्मकाया मण्डलामा बुद्ध जयन्ती


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७७, बिहिबार

पोखरा, २५ बैशाख– धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले २५ सय ६४ औं बुद्ध जयन्ती मनाएको छ । कोभिड १९ कोरोना भाइरसको महामारीले लकडाउनको अवस्थामा पनि पोखरा–११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला निर्माणस्थलमा बुद्ध पुजा, शान्ति ध्यान, बुद्ध जयन्तीबारे विचार प्रस्तुतिसहित बुद्ध जयन्ती मनाइएको हो ।
बौद्ध महासंघले बुद्ध जयन्ती सामाजिक दुरी कायम गर्दै बौद्ध गुम्बा भित्र, बिहार र घर घरमा मनाउने आव्हान अनुसार धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले मण्डला निर्माणस्थलमा जयन्ती मनाएको हो ।कार्यक्रममा सहभागी स्थानीय र धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका कार्यवाहक सचिव, सदस्यहरुले बोधगयाबाट ल्याइएको पिपलबोटमा बुद्ध झण्डा, लुंदा फेर्दै पुजाका साथ तीन मिनेट शान्ति ध्यान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->