`

ढुंगाले हानेर आफ्नै बुबाको हत्या


  • ढोरपाटन संबाददाता
  • सोमवार, बैशाख २९, २०७७

म्याग्दी, २९  बैशाख – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार (आज) साँझ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
शनिबार राती १० बजे बेनी नगरपालिका १ रत्नेचौरका २९ बर्षिय कुमार थापामगरले आफ्नै बुबा ५१ बर्षिय मीनबहादुर थापालाई टाउकोमा ढुंगा प्रहार गरेर सख्त घाइते बनाएका र बुबा मीनबहादुर थापाको उपचारको क्रममा पोखरामा आइतवार साँझ मृत्युभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुवँरले जानकारी दिए ।
अभियुक्त कुमार थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उहाँले बताए ।
अभियुक्त कुमारले प्रहार गरेको ढुंगाले अचेत भएका मीनबहादुरको बेनी अस्पतालबाट रिफर गरी पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ कुँवरले बताए । प्रनाउ कुवँरका अनुसार छोराले ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाको बयान र छोरा कुवँरले पनि स्वीकार गरेका छन् ।
‘अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ,‘थप अनुसन्धान भइरहेको छ’ प्रनाउ कुँवरले भने। अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छा अनुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेका बताइएको छ ।
घटनाको बारेमा जानकारी पाएलगत्तै वडा अध्यक्ष टेकबहादुर रावल लगायतको उपस्थितीमा प्रहरीले मुचुल्का बनाई फर्किएको छ । घटनास्थलमै अभियुक्त कुमारले आफुँले ढुंगा प्रहार गरेको स्वीकार समेत गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology