सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थानीय तह बागलुङको जैमिनीमा नेकपाको संसदीय अभ्यास

स्थानीय तह बागलुङको जैमिनीमा नेकपाको संसदीय अभ्यास

आगामी नीति, कार्यक्रम र बजेटबारे संसदीय दलमा ब्यापक छलफल


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७७, बुधबार

बागलुङ, ३१ वैशाख – जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले ल्याउने आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटको बिषयमा नेकपा जैमिनी नगरको संसदीय दलको बैठकमा मंगलबार छलफल भएको छ । नगर तथा प्रदेशले लिने नीति र बिकास निर्माणका लागि बिनियोजित बजेटबारे नेकपा संसदीय दलले छलफल चलाएको हो ।
जैमिनी नगरपालिका–६ अर्जेवामा सामाजिक दुरी कायम गर्दै बसेको बैठकले पार्टिको नीति र प्रदेश तथा नगरसभामा प्रस्तुत गर्नुपर्ने योजनाको बिषयमा समेत छलफल गरिएको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले जानकारी दिए । नेकपामा पालिकाहरुमा सबैभन्दा ठुलो पदमा निर्वाचित जनप्रतिनिधि संसदीय दलको नेता र त्योभन्दा तल बरिष्ठताका आधारमा उप–नेता तथा प्रमुख सचेतक र सचेतक हुने व्यवस्था छ ।
निर्वाचित सबै पार्टिका सदस्यहरु संसदीय दलमा रहने र स्थानीय तहका हरेक गतिविधिमा आफ्नो पार्टीको नीति तथा कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि लानुपर्ने व्यवस्था नेकपाको बिधानमा छ । केन्द्र र प्रदेशमा जस्तै स्थानीय तहमा पनि संसदीय दलको व्यवस्था रहेको सापकोटाले बताए ।
मंगलबार जैमिनीमा भएको बैठकले विविध बिषयमा छलफल गरेको र सोहीअनुसार आगामी बजेट अधिबेशनका कार्यक्रम तय हुने जैमिनी नगर संसदीय दलका नेता लिला रानाले बताए । बैठकमा नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले क्रमागत योजना र पार्टिको नीति अनुसारका कार्यक्रम तय गर्ने बिषयमा छलफल र बहसमार्फत निचोडमा पुग्न आग्रह गरेका थिए ।
कार्यक्रम नेकपा जैमिनी संसदीय दलका नेता लिला रानाको अध्यक्षता, प्रदेश सभा सदस्यहरु इन्द्रलाल सापकोटा, सावित्रा राना, नगर कमिटि अध्यक्ष इन्द्र थापा लगायतको आतिथ्यता र संसदीय दलका सदस्य लाल बहादुर परियारको सञ्चालनमा बैठक सम्पन्न भएको थियो । बैठकमा संसदिय दलका १५ जना सदस्य सहभागि थिए । कम संख्या भएकाले जैमिनीमा उपनेता, प्रमुख सचेतक र सचेतक चुनिएको छैन । जिल्लाकै काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा आगामी जेठ २ र ३ गते बैठक हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->