सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आकस्मिक सेवामा समेत बिरामीको चाप उस्तै

आकस्मिक सेवामा समेत बिरामीको चाप उस्तै

लकडाउनमै २ हजार ४५ बिरामीले उपचार सेवा पाए


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७७, शुक्रबार

बागलुङ, २ जेठ– चार जिल्लाका झण्डै छ लाख सर्वसाधारणको उपचार गर्ने धौलागिरी अस्पतालमा आकश्मिक बाहेकका सेवा बन्द भएको लामो समय बितेको छ । अन्तरंग सेवा बन्द भएको भएपनि बहिरंग सेवामा बिरामीको चाप भने घटेको छैन् । लकडाउन सुरु भएसँगै बन्द भएको अन्तरंगसेवामा यसअघि दिनमै ३ सय बिरामीको उपचार हुन्थ्यो । यो सेवा बन्द भएपछि आकस्मिक सेवामा आउने बिरामीको चाप अस्पतालमा छ ।
लकडाउनको अबधिमा मात्रै अस्पतालले २ हजार बढी बिरामीको उपचार गरेको सूचना अधिकारी तिर्थ गौतमले बताए । कोरोनाका बिरामीको उपचार गरेको यो अस्पतालमा बिरामी आईसोलेसनमा रहेको समयभन्दा उनीहरु घर फर्किएपछि बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।
अहिले पनि कोरोना संक्रमणको आशंकामा एक महिलालाई आईसोलेसनमा राखेर उपचार भैरहेको छ तर सर्वधारणको चाप नघटेको गौतम बताउँछन् । कोरोना संक्रमणको दर बढेसँगै गण्डकी प्रदेशका अन्य स्वास्थ्य संस्थामा बिरामीको चाप घटेका समाचार सार्वजनिक भैरहेका बेला यहाँको अस्पतालको आकस्मिक सेवामा बिरामी बढिरहेका हुन् ।
पछिल्लो दुई महिनामा बिभिन्न रोगका २ हजार ४५ बिरामीले उपचार सेवा पाएका छन्् । दुई महिनाको अवधिमा अस्पतालले डेलिभरी गराउनेको संख्या १ सय ७४ छ । १ हजार १ सय ३२ जनाको एक्सरे गरिएको अस्पातलले जनाएको छ । ७ सय जनाले भिडियो एक्सरेको सेवा लिएका छन्भने बिभिन्न रोगको आकश्मीक जाँच गराउनेको संख्या दुई हजारभन्दा बढी छ ।
कुनैबेला रिफर सेन्टरको रुपमा परिचय पाएको यो अस्पतालले लकडाउनको समयमा सामान्य र सघन खालका ५२ अप्रेसन गरेको छ । ३३ वटा गर्भवतीको अप्रेसनमार्फत बच्चा निकालिएको छ । ६ हजार ६ सय ४५ जनाले ल्याव सेवा लिएका छन् ।
त्यसैगरी, अस्पतालमा महिलाको पाठेघरमा बच्चा नबसी अन्यत्र बसेको अवस्थाका ३ वटा सफल उपचार गरिएको र नियमित उपचार सेवातर्फ हेमो डाइलसिसतर्फ १९ जना, टिबीतर्फ २१ र एचआइभीतर्फ १ सय ५७ जनाले उपचार गराइरहेको सुचना अधिकारी गौतमले बताए । संख्यात्मक रुपमा उपचार सेवा लिनेको संख्या बढि भएपनि एकै व्यक्तिले समेत पटकपटक सेवा लिएकोले व्यक्तिगत रुपमा संख्या कम रहेको उनले बताए ।
अस्पतालले प्रबाह गरिरहेको आकस्मिक उपचार सेवामा सर्वसाधारणको विश्वास र गम्भीर प्रकृतिका समस्यामात्रै उपचार गर्दा पनि बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेल बताउँछन् । सरकारले लकडाउन घोषणा गरेसंगै धौलागिरी अञ्चल अस्पताल बागलुङले अति आवश्यक परेमात्र अस्पताल आउन र सामान्य सोधपुछका लागि घरबाटै सम्पर्क गर्न भन्दै डाक्टरहरुको सम्पर्क नम्बरसमेत सार्वजनिक गरे पनि सामान्य समस्या लिएर अस्पताल आउनेहरुको संख्या बढेको छ । अस्पतालले कोरोना संकट बढ्दै जान थालेपछि गम्भीर अवस्थाबाहेक अस्पतालमा परीक्षण र उपचारका लागि नआउन सूचनासमेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->