सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चीन पठाएको राहत उपल्लो मुस्ताङवासीद्वारा अस्वीकार

चीन पठाएको राहत उपल्लो मुस्ताङवासीद्वारा अस्वीकार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७७, आइतबार

फाइल फोटो
म्याग्दी, ४ जेठ– कोरोना संक्रमण त्रासले चीनले उपल्लो मुस्ताङका लागि पठाएको राहत सामग्री मुस्ताङवासीले अस्वीकार गरेका छन् । उपल्लो मुस्ताङका लोघ्याघर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाका सर्वसाधरणले लिन अस्वीकार गरेपछि राहत सामग्री पाँच दिनदेखि कोरला नाकामा अड्किएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्ट बताए । उनीहरुले चीनबाट प्राप्त राहत सीमामा रहेका चिनियाँ अधिकारीहरुलाई फिर्ता लैजान आग्रहसमेत गरेका छन् । कोरोला नाका रहेको लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष ह्वाङ्ग कुंगा लामा र पासाङ गुरुङमार्फत सीमामा रहेका चीन सरकारका प्रतिनिधिले राहत पठाएका थिए ।
कोरोला नाकाबाट भित्रिएको राहत स्थानीयले नलिने सामूहिक निर्णय गरेर सीमामा रहेका चिनियाँ सरकारका प्रतिनिधिलाई खबरसमेत गरेका जनाईएको छ । कोरोना महामारी सुरुवात भएको देशबाट यसवर्ष कुनैपनि राहत नलिने विषयमा गाउँपालिकाका सर्वसाधरण एकमत भएको अध्यक्ष विष्टले जानकारी दिए । स्थानीय भेला भई राहतबारे गरिएको छलफलमा नलिने सर्वसम्मत निर्णय भएको विष्टले बताए ।
चीनले एक हजार बोरा चामल, २ सय बोरा दाल, नुन ३० बोरा, खाने तेल तीन हजार लिटर, चिनी ५० बोरा, साबुन लगायतका सामाग्री पठाएको जनाइएको छ ।
यता, मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने स्थानीयले राहत सामग्री अस्वीकार नगरेको बताउँछन् । उपल्लो मुस्ताङका दुईवटै गाउँपालिकाका अध्यक्ष सदरमुकाम जोमसोम भएको बेलामा चीनबाट राहत सामग्री आएकाले जिम्मा लिने व्यक्ति नहुँदा नाकामै राख्नु परेको प्रजिअ अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->