बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुत्केरी लिन गएको एम्बुलेन्स कालीगण्डकीमा नदीमा खस्यो, चालक बेपत्ता

सुत्केरी लिन गएको एम्बुलेन्स कालीगण्डकीमा नदीमा खस्यो, चालक बेपत्ता

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७७, आइतबार

पोखरा, ४ जेठ – सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ बैसरीस्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए। ‘सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो। एम्बुलेन्सको केही टुक्रा फेला परेको छ,’ उनले भने।
चालक बेपत्ता रहेको उनले बताए। उनको नाम खुलेको छैन। नदीको बहाव तीव्र हुँदा खोजीमा समस्या भइरहेको उनको भनाइ छ। ग १ झ ३११ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको उनले बताए। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->